काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनयता लगातार घटिरहेको छ।
यस क्रममा आज (सोमबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
आइतबार उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ, त्यसबेला थप घट्ने सम्भावना हुन्छ।
मौसमविद् प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। यसको अर्थ दिउँसो घाम लाग्नेछ।
न्यूनतम तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ।
यही पुस ३ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा उक्लिएको थियो।
1.7k
Shares

प्रतिक्रिया