काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ओरालो लाग्ने क्रम जारी छ।
यसै क्रममा आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन्।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मौसम महाशाखाले सार्वजनिक गर्नेछ। त्यतिबेला तापक्रम अझ घट्न पनि सक्छ, कहिलेकाहीँ यत्ति नै रहन पनि सक्छ।
हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
शुक्रबार भने यस्तो थियो देशभरको न्यूनतम र अधिकतम तापक्रम सूची–

Shares

प्रतिक्रिया