बागमती


मकवानपुरमा २१ वर्षीय युवक मृत भेटिए, ३ जना पक्राउ

मकवानपुरमा २१ वर्षीय युवक मृत भेटिए, ३ जना पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार २०:०, मकवानपुर

मकवानपुरको राक्सिराङ गाउँपालिका-५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा शुक्रबार युवकको शव भेटिएको छ।

उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका-८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ बस्ने २१ वर्षीय समीर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

अर्यालका अनुसार मृतकका भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेका हुन्। 

प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ।

सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad