कला


पुष्पा–२ का अभिनेता अल्लु अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा राखिने

पुष्पा–२ का अभिनेता अल्लु अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा राखिने

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार २०:२२, काठमाडौँ

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन्।

‘पुष्पा–२’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएको विषयमा अनुसन्धान गर्न हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ। 

उनलाई शुक्रबार बिहान १२ बजे उनको घरबाट पक्राउ गरिएको हो। त्यसपछि उनलाई ४ बजे अदालतमा उपस्थित गराइएको थियो।

अल्लुलाई डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा जानकारी नदिई आएको आरोप लगाइएको छ। जसका कारण त्यहाँ भिड जम्मा भयो र भागदौड मच्चियो। धेरै मानिस घाइते भए।

यस घटनापछि अधिकारीहरूले सन्ध्या थिएटरका सञ्चालक अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेका थिए। यसैबीच, अभिनेताले महिलाको मृत्युको मामिलामा दर्ता भएको जाहेरी दर्खास्त खारेज गर्न उच्च अदालतमा निवेदन दिएका छन्।

अल्लु अर्जुन र उनको टोलीले पनि महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए। अभिनेताले मृतक रेवतीका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरूलाई भेटेका पनि थिए। अभिनेताले २५ लाख सहयोग गर्ने वाचा गरेका थिए।

अर्कोतर्फ महिलाका श्रीमानले मुद्दा फिर्ता लिने इच्छा व्यक्त गरेका छन्। 

अल्लु अर्जुनले भने आफ्नो गिरफ्तारीको शैलीमा आपत्ति जनाएका छन्। प्रहरीले बिहानको खाजा खान नदिएको र लुगा फेर्न पनि अनुमति नदिएको गुनासो गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad