ख्यातिप्राप्त ब्यान्ड र कलाकारहरूको प्रस्तुतिमा काठमाडौँ महानगरपालिकाले सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
महानगर दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्न लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
३० औँ महानगर दिवसका अवसरमा मंसिर २९ गते दिउँसो ३ बजे टुँडीखेलमा सांगीतिक कार्यक्रम हुनेछ।
महानगरपालिकाका अनुसार, कार्यक्रममा विभिन्न ब्यान्ड र कलाकारका भिन्नभिन्न प्रस्तुति हुनेछन्। मौलिक खाना तथा पेय पदार्थको स्टल, मौलिक वस्तु तथा सामग्री प्रदर्शन बिहान ९:०० बजे नै सुरु हुनेछ।
प्रवेश र पार्किङ नि:शुल्क व्यवस्था गरिएको महानगरको सूचनामा उल्लेख छ। पार्किङको व्यवस्था पुरानो बसपार्क (काठमाडौँ टावर) मा रहेको छ।
गएका वर्षहरुमा सञ्चालन गरिएका कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष सांगीतिक कार्यक्रममा प्रस्तुतिहरु थप गरिएको महानगरले जनाएको छ।
दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्चमा हुनेछ।
Shares

प्रतिक्रिया