कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवारद्वय नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर र नेपाली कांग्रेसका कृष्णमान डंगोलले पनि मतदान गरेका छन्।
मानन्धरले वडा नं ३ स्थित विश्व राष्ट्रिय मावि मतदान केन्द्रमा र डंगलोलले देव ढोका मतदान केन्द्रमा मत खसालेका हुन्।
मतदान सुरु भए लगत्तै माओवादीका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले भगवान स्थान गमचा चौर मतदान केन्द्रमा मत खसालिसकेका छन्।
कीर्तिपुरको प्रमुख पदमा ८ राजनीतिक दलसहित १० स्वतन्त्रले उम्मेदवारी दिएका छन्।
बिहान ७ बजेदेखि मतदान सुरु भएको कीर्तिपुरमा २० वटा मतदान केन्द्र छन्।
66
Shares

प्रतिक्रिया