बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसभन्दा मुनि

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसभन्दा मुनि

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार ७:१३, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झरेको हो। 

हिजो (बुधबार) उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले आहिले बिहान ८:४५ बजे सार्वजनिक गर्नेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिलेभन्दा अझ थोरै घट्न पनि सक्छ।

‘तर मौसमको अवस्था हेर्दा खासै परिवर्तन हुने देखिन्न’, मौसमविद् लामिछानेले भने।  

उनका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ। दिउँसो आकाशमा थोरै बादल आउने सम्भावना रहे पनि आज उपत्यकामा पानी पर्ने सम्भावना भने नदेखिएको मौसमविद् लामिछानेको भनाइ छ।  

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

हिउँदयाम (विन्टर) नजिकिँदै गरेकाले अहिले देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।

हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad