बागमती


काठमाडौँबाट नारायणगढ आउँदै गरेको माइक्रो पाँचकिलोमा पल्टियो, २ जना घाइते

काठमाडौँबाट नारायणगढ आउँदै गरेको माइक्रो पाँचकिलोमा पल्टियो, २ जना घाइते

नारायणगढ-मुग्लिन सडकको पाँचकिलोमा पल्टिएको माइक्रो


नेपालखबर
मंसिर ९, २०८१ आइतबार ७:२८, हेटौँडा

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलोनजिकै माइक्रो बस दुर्घटना भएको छ।

चितवन प्रहरीका अनुसार गएराति करिब १२ बजे काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०८९ ००१ ज ०२ नम्बरको इभी माइक्रो दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार माइक्रो आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा दुई जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।

घाइते हुनेमा चितवनको राप्ती नगरपालिका-७ बस्ने २७ वर्षीया सुनिता घले (बाँया हातमा चोट, अवस्था मध्यम) र चितवनकै भरतपुर महानगरपालिका-९ बस्ने ४३ वर्षका लेखनाथ गैरे (अवस्था मध्यम) रहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad