काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।
बिहीबार राति १० बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएको छैन। काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा पनि लेखेका छन्।
बिहीबार बिहान १० बजेर १३ मिनेटमा जाँदा कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.२ म्याग्निच्युडको थियो।
12
Shares

प्रतिक्रिया