काठमाडौँमा आज सडक तथा खोला मापदण्ड खारेज माग गर्दै विरोध प्रदर्शन गरिएको छ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले उक्त मापदण्डले नागरिकको उठीवास लगाएको भन्दै विरोध र्याली निकालेका हुन्।
ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारबाट सुरु र्याली माइतीघर मण्डला पुगेको छ। र्यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन्।
२०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०-२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो।
सो आदेश कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको थियो। यसो गर्दा सयौँ परिवारको उठीवास लाग्ने दाबी गर्दै विरोध गरिएको हो।
315
Shares

प्रतिक्रिया