बागमती


दिनदिनै रेकर्ड तोड्न थाल्यो काठमाडौँको तापक्रमले

दिनदिनै रेकर्ड तोड्न थाल्यो काठमाडौँको तापक्रमले

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर ५, २०८१ बुधबार ७:२१, काठमाडौँ

देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै रेकर्ड तोड्न थालेको छ।

मंगलबार यो वर्षअन्तर्गत हिजोसम्मकै कम ९.९ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज अझ घटेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको जानकारी दिएका हुन्। 

‘अहिले देशभर नै तापक्रम घट्दो क्रममा छ, उपत्यकाको न्यूनतम तापक्रम अस्तिभन्दा हिजो, हिजोभन्दा आज घटेको छ’, उनले भने। 

मौसम महाशाखाले आधिकारिक रूपमा भने अहिले बिहान ८:४५ बजे देशभरकै तापक्रम विवरण सार्वजनिक गर्नेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै थप घट्ने सम्भावना पनि हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो। 

मंगलबारको न्यूनतम र अधिकतम तापक्रम विवरण भने यस्तो छ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad