पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर सानो गौचरणबाट पशुपति आर्यघाटतर्फ लगिएको छ। यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको थियो।
गौचरण पुगेर प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू लगायत नेता तथा विभिन्न क्षेत्रका व्यक्तिले ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।
कलेजोसँग सम्बन्धित समस्याका कारण ढुंगानाको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ।










669
Shares

प्रतिक्रिया