बागमती


त्रिशूलीमा बनाइयो ८ करोडको नयाँ पुल

त्रिशूलीमा बनाइयो ८ करोडको नयाँ पुल

त्रिशूलीमा निर्मित नयाँ पुल। तस्बिर : रासस


रासस
कात्तिक २९, २०८१ बिहिबार ११:३८, त्रिशूली (नुवाकोट)

विसंं २०२० मा नुवाकोटस्थित त्रिशूली नदी तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको छ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारीसाधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ।

एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणका लागि सरकारको रु आठ करोड लगानी भएको छ।

‘डिजाइन एन्ड बिल्ड मोडल’अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन्।

यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो। यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad