काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार घाम लाग्दै जाँदा हुस्सु हट्दै जानेछ।
‘अहिले काठमाडौँ उपत्यकाको भिजिबिलिटी ४५ सय मिटर भिजिबिलिटी छ, हुस्सु लागे पनि उपत्यकाको आकाश भने सफा नै छ’, उनले भने, ‘हुस्सु पनि बिहान केही बेर रहन्छ, त्यसपछि हट्छ।’
बिहान ६:४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको जानकारी उनले दिए।
उनका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन।
‘आजलाई काठमाडौँ उपत्यकासहित देशभरकै मौसम राम्रै छ’, मौसमविद् अधिकारीले भने, ‘आज दिउँसो कोसी, बागमती र गण्डकीका एक/दुई स्थानमा छिटपुट मात्र वर्षा हुने सम्भावना छ।’
222
Shares

प्रतिक्रिया