बागमती


बागमती सर्वदलीय बैठक : योजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह

बागमती सर्वदलीय बैठक : योजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार २०:५१, हेटौंडा

बागमती प्रदेशको सर्वदलीय बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गरेको छ। ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा सम्पन्न भएको बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको अध्यक्षतामा बसेको उक्त बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतकहरूको उपस्थिति थियो।

बैठकमा चालु आर्थिक वर्ष २०८१/०८२ को योजना कार्यान्वयन तथा विविध विषयमा छलफल गरिएको उपनेता चित्रकारले जानकारी दिए।

बैठकले चालु वर्षको योजनाहरू कार्यान्वयनमा देखिएको अपुग रकमको विवरण संकलन गरी थप अध्ययन गर्ने निर्णय गरेको छ भने १४ असोज २०८१ मा सम्पन्न सर्वदलीय बैठकमा पारित निर्णयहरूको कार्यान्वयनको प्रगतिप्रति सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको उपनेता चित्रकारले जानकारी दिए।

बैठकमा नेपाली कांग्रेस बागमतीका मुख्य सचेतक गोविन्द लम्साल, नेकपा एमाले बागमतीका प्रमुख सचेतक मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्र बागमतीका प्रमुख सचेतक रत्न ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी बागमतीकी प्रमुख सचेतक कुमारी तामाङ, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट बागमती प्रदेश सभामा निर्वाचित सांसद बसन्त मानन्धर र हाम्रो नेपाल पार्टीको बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यको उपस्थिती रहेको थियो।

बैठकमा उपस्थिति प्रतिनिधिहरूले योजना कार्यान्वयनको स्थिति सुधार गर्न थप प्रयास आवश्यक रहेको भन्दै यसप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।

सर्वदलीय बैठकमा आएका यी सुझाव र निर्णयले प्रदेशको विकास योजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको नेकपा एमाले बागमती प्रदेशका सचेतक मधुसूदन पौडेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad