बागमती


अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाइते

अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाइते

सुनिता विष्ट
कात्तिक २५, २०८१ आइतबार १८:१४, हेटौंडा

अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरका एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन्।

आइतबार गोली प्रहारबाट मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ निवासी प्रधानाध्यापक प्रेम बहादुर बोम्जन गम्भीर घाइते भएका हुन्।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६, स्थित  जंगलको बाटोमा अज्ञात समूहले प्रहार गरेको गोली बोम्जनको बायाँ बंगारा मुनी अड्किएको प्रहरीले जनाएको छ।

जंगलमा लुटेराहरूले लुकेर गोली प्रहार गरेको बताइएको छ। घाइतेलाई तत्काल उद्धार गरी सर्लाहीको बागमती स्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बारा रिफर गरिएको प्रहरीले जनाएको छ।

बोम्जन रौतहटको गैयाटार स्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४० प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए। सो क्रममा ३÷४ जनाको समूहले आक्रमण गरेको प्रहरीको भनाई छ।

उनी मकवानपुरको बकैया गाउँपालिका स्थित बुद्ध माध्यामिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन्।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल खड्काले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad