बागमती


बीपी राजमार्गमा फसेका ५०० भन्दा बढी सवारीसाधनलाई वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

१३ वटा सवारीसाधन काठमाडौँ पुगिसके
बीपी राजमार्गमा फसेका ५०० भन्दा बढी सवारीसाधनलाई वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

बाढीले भत्काएको बीपी राजमार्ग। तस्बिर : सरोज बैजु


नेपालखबर
असोज २०, २०८१ आइतबार १०:५२, धुलिखेल (काभ्रेपलाञ्चोक)

बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आज (शनिबार) देखि खुलेको छ। बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन्।

यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालन गर्न दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए।

तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि खुलेको उनले बताए। उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालन गर्न अनुमति स्थानीय प्रशासनले दिएको छ।

बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले जानकारी दिए। 

बीपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट  काठमाडौँ पुगेका छन्। राजमार्गको रोसी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मंगलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad