ad ad

बागमती


झ्याप्लेखोलामा ज्यान गुमाउने यी हुन् ३५ जना

झ्याप्लेखोलामा ज्यान गुमाउने यी हुन् ३५ जना

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १२:०, काठमाडौँ

काठमाडौँको नागढुंगा नजिकै रहेको झ्याप्लेखोलाको पहिरोमा ज्यान गुमाउने ३५ जनाकै सनाखत भएको धादिङ प्रहरीले जनाएको छ।

त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडकखण्डअन्तर्गत काठमाडौँ र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा गत बिहीबारदेखि परेको अविरल वर्षाले लेदोसहितको पहिरोले तीनवटा सवारी साधन पुरिँदा उनीहरूको मृत्यु भएको थियो।

बुटवल, गोर्खा र चितवनबाट आउँदै गरेका ती सवारी साधनहरूलाई लेदोसहितको पहिरोले पुरेको थियो, जसमा २५ पुरुष, १० महिलाले ज्यान गुमाएका थिए। उनीहरूको सबैको शव आफन्तले बुझी अन्तिम संस्कार पनि भइसकेको प्रहरीले जनाएको छ। ।

१. बुटवल उपमहानगरपालिका–१६, रूपन्देहीका ३५ वर्षीय प्रकाश कुँवर

२. बुटवल उपमहानगरपालिका–१६, रूपन्देहीका ३३ वर्षीय अनुप ठकुरी कुँवर

३. बुटवल उपमहानगरपालिका–१६, रूपन्देहीका २९ वर्षीया सिर्जना कुँवर

४. देवदह नगरपालिका–४, रूपन्देहीका ५० वर्षीय रमेशप्रसाद लुइँटेल

५. शीतगंगा नगरपालिका–७, अर्घाखाँचीका २५ वर्षीय बोमबहादुर खाम्चा

६. धुनिवेशी नगरपालिका–९, धादिङका ३३ वर्षीय सुमन बजगाईं

७. गल्याङ नगरपालिका–३, स्याङ्जाका ४५ वर्षीया सीता भट्टराई

८. गल्याङ नगरपालिका–३, स्याङ्जाका १४ वर्षीया दीपिका भट्टराई

९. गल्याङ नगरपालिका–३, स्याङ्जाका १४ वर्षीय दीपेश भट्टराई

१०. गुल्मी दरबार गाउँपालिका–७, गुल्मीका ६३ वर्षका जुद्धबहादुर रायमाझी

११. गुल्मी दरबार गाउँपालिका–७, गुल्मीका ३१ वर्षीया प्रमिता भुसाल

१२. गुल्मी दरबार गाउँपालिका–७, गुल्मीका ३ वर्षका कृशव रायमाझी

१३. म्यागङ गाउँपालिका, सामरी, नुवाकोटका २१ वर्षीय साइमन तामाङ

१४. कुश्मा नगरपालिका–२, पर्वतका ३१ वर्षीया पुष्पा शर्मा

१५. बारपाक सुलिकोट–७, गोरखाका २८ वर्षीय नवराज पन्त

१६. मुसिकोट, रुकुम पश्चिमका ३९ वर्षीय तेजबहादुर विष्ट

१७. गण्डकी गाउँपालिका–४, गोरखाका ४० वर्षीय नवराज तिवारी

१८. जयपृथ्वी नगरपालिका–१, बझाङका २३ वर्षीय नवीन सिंह

१९. भरतपुर महानगरपालिका–२१, चितवनका २१ वर्षीय अनिता थापामगर

२०. मनहरि–९, मकवानपुरका ३३ वर्षीय सन्तु विक

२१. काठमाडौँ महानगरपालिका–१६ का ४८ वर्षीय आनन्द राजवंशी

२२. खैरहनी नगरपालिका–३, चितवनका १९ वर्षीय सिद्धार्थ गुरुङ

२३. भानु नगरपालिका–३, तनहुँका २६ वर्षीय जनक कुँवर

२४. भरतपुर–९, चितवनका ५३ वर्षीय मोहनदास आचार्य

२५. चन्द्रागिरि नगरपालिका–१, काठमाडौँका ५६ वर्षीय नरेन्द्र खत्री

२६. भीमसेन गाउँपालिका–४, गोरखाका ४७ वर्षीय मदन परियार दमै

२७. भीमसेन गाउँपालिका–४, गोरखाका १५ वर्षीय विनायक भट्टराई

२८. धोर्चे गाउँपालिका–७, गोरखाका २७ वर्षीय सुके दमै

२९. बडिगाड गाउँपालिका–२, बागलुङका ५२ वर्षीय इन्द्रजित राना

३०. बडिगाड गाउँपालिका–२, बागलुङका ४० वर्षीया भीमकुमारी राना

३१. सिँजा गाउँपालिका–६, जुम्लाका ३९ वर्षीय हरिबहादुर बुढा

३२. ज्वालामुखी गाउँपालिका–२, धादिङका २६ वर्षीया लीलामाया तामाङ

३३. हरिपुर्वा नगरपालिका–२, सर्लाहीका १८ वर्षीय वसन्तकुमार साह

३४. सप्तकोसी नगरपालिका–७, सप्तरीका २८ वर्षीय नन्दप्रसाद किशोर चौधरी

३५. ब्यास नगरपालिका–५, तनहुँ बस्ने ३४ वर्षका लेखनाथ ओझा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .