मौसम बदली र वर्षा सुरु भएसँगै देशभर तापक्रम घटेको छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको तापक्रम पनि स्वाट्टै घटेको छ।
मंगलबारदेखि घट्न थालेको उपत्यकाको अधिकतम तापक्रम आज (बिहीबार) २५.५ डिग्री सेल्सियसमा झरेको हो।
हिजो अर्थात् बुधबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो भने मंगलबार पनि यत्ति नै थियो।
तर यसको अघिल्लो दिन अर्थात् सोमबार भने उपत्यकाको अधिकतम तापक्रम तीन महिनायताकै उच्च ३३.२ डिग्री सेल्सियसमा उक्लिएको थियो।
मौसम महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २०.८ डिग्री सेल्सियसमा झरेको छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ। न्यूनतम सामान्यतया बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।
हेर्नुहोस् आज कहाँको तापक्रम कति?
स्रोत : मौसम पूर्वानुमान महाशाखा
Shares
प्रतिक्रिया