ad ad

बागमती


हेटौँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय सुवेदीको मृत्यु

हेटौँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय सुवेदीको मृत्यु

नेपालखबर
भदौ १७, २०८१ सोमबार १३:५०, मकवानपुर (हेटौंडा)

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।  हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा हेटौँडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।

डीएसपी भण्डारीका अनुसार सोमबार (आज) बिहान हेटौँडाबाट मनहरीतर्फ जाँदै गर्दा सुवेदीले चलाएको  बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले ठक्कर दिएको हो।

नवलपरासीबाट झापाका लागि सिमेन्ट लोड गरी गुडेको उक्त ट्रकले सुवेदी सवार मोटरसाइकललाई  हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिक पूर्व–पश्चिम सडकखण्डमा ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका सुवेदीलाई उपचारका लागि  हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। 

ट्रकचालक दाङको गडुवा गाउँपालिका– २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरी र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .