ad ad

बागमती


मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १६:४१, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ।

शुक्रबार (आज) नेपाली कांग्रेस प्रदेश सम्पर्क कार्यालय ललितपुरमा बसेको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको हो।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा लगाएतका पदाधिकारीहरू सहित बसेको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए।

मुख्यमन्त्री जम्मकट्टेलले साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ।

गत असार २४ मा नेकपा एमालेले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आइतबार सदनबाट विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसले आफ्ना सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्।

यसअघि बिहीबार काठमाडौँमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती संसदीय दलको बैठकले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको थियो। बागमती प्रदेश सभामा राप्रपाका १२ (सभामुख बाहेक) सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .