पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ४ स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) राति ८:४५ बजे दिएको तथ्यांकअनुसार काठमाडौँ उपत्यकाका नैकाप, कीर्तिपुर, बबरमहल र लेले (ललितपुर) मा भारी वर्षा मापन भएको हो।
पछिल्लो २४ घण्टामा कीर्तिपुरमा ६६.८ मिलिमिटर, नैकापमा ६४ मिलिमिटर, बबरमहलमा ६२ मिलिमिटर र लेलेमा ५० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद्को भाषामा भारी वर्षा भनिन्छ।
महाशाखाका अनुसार अहिले पनि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ।
834
Shares
प्रतिक्रिया