ad ad

बागमती


बागमतीका मुख्यमन्त्री काठमाडौँमा, एमालेका मन्त्रीहरूले बुझाउन पाएनन् राजीनामा

बागमतीका मुख्यमन्त्री काठमाडौँमा, एमालेका मन्त्रीहरूले बुझाउन पाएनन् राजीनामा

नेपालखबर
असार २१, २०८१ शुक्रबार १२:११, मकवानपुर (हेटौंडा)

नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार संकटमा पर्ने भएपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल काठमाडौँमा छन्।

संघीय सरकार अल्पमतमा परेसँगै जम्मकट्टेल पनि सरकार जोगाउने रणनीतिक छलफलका लागि संघीय राजधानी काठमाडौँ पुगेका हुन्। 

जसकारण बागमतीमा नेतृत्व गर्दै आएका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा प्रक्रिया प्रभावित हुने भएको छ। 

शुक्रबार (आज) नै सरकारबाट बाहिरिने योजना बनाएको एमालेले मुख्यमन्त्री जम्मकट्टेल हेटौंडा नभएकै कारण राजीनामा दिन नपाएको बताएको छ।

खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठका अनुसार एमालेले आजै सरकारबाट राजीना दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने  तयारी गरेपनि मुख्यमन्त्री नभएकै कारण केहीदिन कुर्नपर्ने भएको हो। 

‘हाम्रो संसदीय दलका नेता जगन्नाथ थपलिया पनि काठमाडौँ नै हुनुहुन्छ। मुख्यमन्त्री ज्यू पनि काठमाडौँ हुनुहुन्छ रे,’ मन्त्री श्रेष्ठले नेपालखबरसँग भने, ‘राजीनामा त आजै बुझाउने तयारी गरेका हौं। तर मुख्यमन्त्रीलाई बुझाउन पर्ने राजीनामा, उहाँ नै हुनुहुन्न। २४ गते सोमबार हेटौंडा आइपुग्ने जानकारी दिनुभएको छ। सायद उहाँ आउनुभएपछि मात्रै सरकारबाट बाहिरिन्छौँ।’ 

साथै, छिटो छिटो गरेर हेटौंडा फर्कन आफूहरुले भनिरहेको पनि मन्त्री श्रेष्ठले बताए। राजनीतिक कामका लागि मुख्यमन्त्री काठमाडौँ रहेको बताइएको छ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेका ५ जना मन्त्री छन्। आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ, स्वाथ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ छन्।

२० चैत २०८० मा मन्त्री नियुक्त भएका एमालेका मन्त्रीहरुले राजनीतिक सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .