ad ad

बागमती


काठमाडौँमा आज यस्तो छ वर्षाको सम्भावना

काठमाडौँमा आज यस्तो छ वर्षाको सम्भावना

फाइल तस्बिर : चन्द्रागिरि नगरपालिका-१, स्थित दहचोकको दृश्य


नेपालखबर
असार १३, २०८१ बिहिबार ८:१५, काठमाडौँ

आज काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला (बिहीबार बिहान) काठमाडौँआसपास काभ्रे, सिन्धुपाल्चोक क्षेत्रतिर पानी परिरहेको भए पनि उपत्यकाभित्रै चाहिँ वर्षा भएको छैन। 

‘उपत्यकाको आकाशमा बादल विकास भइरहेको छ’, उनले भने, ‘दिउँसो वा अपराह्न हल्का वर्षा हुने सम्भावना छ। उपत्यकामा आज ठूलो वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ। 

यसैबीच आज बिहान ५४५ को मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस देखिएको मौसमविद् झाले जानकारी दिए। 

मौसम महाशाखाका अनुसार आज यहाँको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .