पर्सा राष्ट्रिय निकुञ्जभित्र सेनाको गोली लागेर हेटौंडाका एकजनाको मृत्यु भएको छ। निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीच मुठभेड भएको निकुञ्जले जनाएको छ।
गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५४/५५ वर्षीय शुक्रबहादुर तितुङको ज्यान गएको हो।
सेनाले गोली चलाएपछि अन्य शिकारीहरू भने फरार भएको निकुञ्जले जनाएको छ।
घटनास्थलमा हातहतियार सहितको केही झोला भेटिएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए।
घटनाको थप विवरण आउन बाँकी छ।
48
Shares
प्रतिक्रिया