ad ad

बागमती


ग्वार्कोमा गाडीले ठक्कर दिँदा युवकको मृत्यु, सीसीटीभी हेरेर दोषी पक्राउ गर्ने प्रयासमा प्रहरी

ग्वार्कोमा गाडीले ठक्कर दिँदा युवकको मृत्यु, सीसीटीभी हेरेर दोषी पक्राउ गर्ने प्रयासमा प्रहरी

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १०:२८, काठमाडौँ

ललितपुरको ग्वार्कोमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता, एसपी नरेशराज सुवेदीका अनुसार बुधबार राति १० बजेआसपास ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो। 

गाडीको ठक्करबाट सिराहा घर भई काठमाडौँको कोटेश्वरमा बस्ने गरेका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उद्धार गरी नजिकैको बीएन्डबी अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा राति ११ बजे मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।
ठक्कर दिने गाडी भने पत्ता लागेको छैन। खोजी भइरहेको उनले बताए। 

‘घटनास्थल आसपासका सीसीटीभी क्यामेरा फुटेज हेर्दा टिपरले ठक्कर दिएकोजस्तो देखिन्छ’, एसपी सुवेदीले नेपालखबरसँग भने, ‘हामी व्यापक खोजी गरिरहेका छौँ।’

यादवको शव बीएन्डबी अस्पतालमै रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .