ad ad

बागमती


काठमाडौँ जाँदै गरेको माइक्रोबस चितवनमा टिपरसँग ठोक्कियो, १३ जना घाइते

काठमाडौँ जाँदै गरेको माइक्रोबस चितवनमा टिपरसँग ठोक्कियो, १३ जना घाइते

चितवनमा टिपरसँग ठोकिएपछिको माइक्रो। तस्बिर : रासस


नेपालखबर
जेठ ८, २०८१ मंगलबार १०:१२, मुग्लिन (चितवन)

चितवनमा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किएका हुन्। 

दुर्घटनामा घाइते भएका १३ जनामध्य दुई जनाको अवस्था गम्भीर छ।

घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .