ad ad

बागमती


हेटौंडामा उत्पादित गुन्द्रुकलाई सरकारी मान्यता, बजारमा लैजाने बाटो खुल्यो

हेटौंडामा उत्पादित गुन्द्रुकलाई सरकारी मान्यता, बजारमा लैजाने बाटो खुल्यो

तस्बिर : नेपालखबर


नेपालखबर
चैत २६, २०८० सोमबार १४:४७, हेटौंडा

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ।

हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो।

लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

उपमहानगरको लगानीमा सञ्चालित तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो।

मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ। करिब चार महिना लामो परीक्षण र निगरानीपश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिइएको उपमहानगर उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए।

उपमहानगरको १ लाख रुपैयाँ लगानीबाट अर्गानिक साग उत्पादन गरी बनाइएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा निकै खुशी भएको उद्यमी समूहकी अध्यक्ष चिनीमाया गुरुङले बताइन्।

अनुज्ञा पत्र नहुँदा बजारमा लैजान नपाएर करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन् ।

तर अब बजारीकरणको बाटो खुलेको छ। उपमहानगरले सहयोग गरे समूहका १२ जनाले गरेको कामले सार्थकता पाउने उनले बताइन्।

गत असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुक उत्पादन थालेको थियो। उद्योग शाखाको तथ्याङ्क अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएको थियो। जसमा २६८ जना उद्यममा जोडिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .