ad ad

बागमती


३१ डिग्री सेल्सियसभन्दा माथि उक्लियो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

३१ डिग्री सेल्सियसभन्दा माथि उक्लियो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
चैत २०, २०८० मंगलबार १८:५९, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकाको तापक्रम पनि दैनिक उकालो लागिरहेको छ। 

केही दिनयता दिनभर चर्काे घाम लाग्ने गरेका कारण उपत्यकाको अधिकतम तापक्रम बढ्दै गएको हो। 

यस क्रममा आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिजो सोमबार उपत्यकाको अधिकतम तापक्रम २९.४ डिग्री सेल्सियस थियो।

तापक्रम बढेसँगै काठमाडौँ उपत्यकामा पनि दिउँसो गर्मी हुन थालेको छ। 

यस्तै आज उपत्यकाको न्यूनतम तापक्रम भने १३.१ डिग्री सेल्सियसमा उक्लिएको महाशाखाले जनाएको छ। हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार अहिले काठमाडाैँ उपत्यकासहित देशभर नै तापक्रम बढ्दो छ। 

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार विशेषगरी तराई क्षेत्रमा तापक्रम बढिरहेको छ। 

‘तर अहिले देशभर नै न्यूनतम र अधिकतम दुवै  तापक्रम क्रमशः बढिरहेको छ’, उनले भने। 

आज देशभरमा सबैभन्दा बढी अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा देखिएको छ। मौसम महाशाखाका अनुसार आज त्यहाँको अधिकतम तापक्रम ३६.५ डिग्री सेल्सियस छ।

यसपछिको सबैभन्दा बढी अधिकतम तापक्रम जनकपुरमा देखिएको छ। त्यहाँ आज अधिकतम तापक्रम ३६.० डिग्री सेल्सियस छ। 

यस्तै डोटीको दिपायल र कैलालीको धनगढीमा पनि आज अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।  

हेर्नुहोस् देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम-               

दिपायल (डोटी):  अधिकतम ३५.६,   न्यूनतम १३.७

डडेल्धुरा:  अधिकतम २७.४,   न्यूनतम ११.०

धनगढी (कैलाली): अधिकतम ३५.२,   न्यूनतम १६.४

वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ३४.१,   न्यूनतम १५.०

नेपालगन्ज (बाँके):  अधिकतम ३५.०,    न्यूनतम १८.३

जुम्ला:   अधिकतम २४.०,  न्यूनतम ४.८

घोराही (दाङ):  अधिकतम ३२.६,   न्यूनतम १७.०

पोखरा (कास्की):  अधिकतम ३१.२,  न्यूनतम १७.२

भैरहवा (रुपन्देही):  अधिकतम ३६.५,   न्यूनतम १६.४

सिमरा (बारा):  अधिकतम ३४.१,  न्यूनतम १५.५

काठमाडौँ:  अधिकतम ३१.१, न्यूनतम १३.१

ओखलढुंगा: अधिकतम २६.५, न्यूनतम १४.२

ताप्लेजुङ:  अधिकतम २४.५, न्यूनतम १३.०  

धनकुटा:  अधिकतम २७.७,  न्यूनतम १५.८

विराटनगर (मोरङ): अधिकतम ३३.६, न्यूनतम १७.२

जोमसोम:  अधिकतम २३.५, न्यूनतम ५.७ 

धरान (सुनसरी):  अधिकतम ३३.०, न्यूनतम २०.० 

लुम्ले (कास्की): अधिकतम २४.५, न्यूनतम १३.० 

जनकपुर (धनुषा):   अधिकतम ३६.०,  न्यूनतम १७.२  

जिरी (दोलखा): अधिकतम २४४, न्यूनतम ७.९

माथि उल्लिखित विवरण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका स्टेसन भएका स्थानका हुन्। सबै जिल्ला र स्थानको तापक्रम यसमा नआए पनि समग्रमा देशभरको अवस्था यसबाट बुझ्न सकिने मौसमविद्को दाबी छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .