बागमती


अप्रिल फर्स्टबारे नेमकिपा सांसद भन्छन् : प्रदेश सरकारले जनतालाई हरेक दिन मुर्ख बनाउँदैछ

अप्रिल फर्स्टबारे नेमकिपा सांसद भन्छन् : प्रदेश सरकारले जनतालाई हरेक दिन मुर्ख बनाउँदैछ

नेपालखबर
चैत १९, २०८० सोमबार १९:२, काठमाडौँ

नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले आफूहरूलाई अप्रिल फर्स्ट (ढाँट्ने दिवस) मनाइरहेको जस्तो भान भएको बताएका छन्।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत लिने क्रममा प्रदेशसभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले जनतालाई मुर्ख बनाउने भन्दा अर्को काम नगरेको बताए।

‘शासक दलका नेताहरूको कुरा सुन्दा कतै हामी ढँटुवा दिवस त मनाइरहेका छैनौँ? भन्ने लागिरहेको छ। मुर्ख बनाउने, उल्लु बनाउने, ढाँट्ने, फेरि पनि ढाँट्ने प्रवृत्ति शासक दलहरूबाट नदोहोरियो’, उनले भने।

प्रदेश सरकारको कामप्रति जनता उदाशीन भएको उनले बताए। जनताको चासोमा काम नगरेर प्रदेश सरकारले सत्ता मात्रै हेरेको उनले बताए। जनताले मन्त्रीहरूको मुखै हेर्न नचाहेको पनि उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .