बागमती


जम्कट्टेललाई विश्वासको मत दिन सत्तापक्षकै सांसद नआएपछि रोकियो बैठक

जम्कट्टेललाई विश्वासको मत दिन सत्तापक्षकै सांसद नआएपछि रोकियो बैठक

नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगर


सुनिता विष्ट
चैत १९, २०८० सोमबार १५:५३, हेटाैँडा

बागमती प्रदेश सभा बैठक तीन घण्टाको लागि स्थगित भएको। मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नपुग्ने देखिएपछि बैठक तीनघण्टा पर धकेलिएको हो।

सत्तारुढ दलकी सांसद रमा आलेमगर प्रदेश सभा भवनमा प्रवेश नगरेपछि बैठकको समय नै सारिएको हो।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची छ।

११० प्रदेश सभा सदस्य रहेको बागमतीमा ५६ समर्थन जुट्ने सम्भावना क्षीण देखिएपछि केही आलेमगरलाई पर्खनकै लागि बैठक केहीबेर पर धकेलिएको माओवादीका एक सांसदले बताए।

मुख्यमन्त्रीलाई एमालेको २७, माओवादीको २१, नेकपा एसको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ५७ मत प्राप्त हुने आकलन थियो। तर प्रदेश सभामा नेकपा एसकी सांसद आलेमगर बैठक समयमा नआइपुगेपछि समय नै सारिएको छ।

यता, हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्य सरिता खड्की समेत बिदामा बसेकी छन्। उनी सुत्केरी बिदामा बसेकाले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा सहभागी नहुने निश्चित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

खड्की बिदामा हुँदा मुख्यमन्त्रीलाई ५६ मत मात्रै प्राप्त हुने स्थिती थियो। तर त्यसमा पनि नेकपा एसकी सांसद आलेमगरको अलमलताले मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत नै अन्यौलमा परेको छ।

त्यसोत, नेकपा एसकी सांसद आलेमगर काठमाडौँबाट हेटौंडा आइरहेको बताइएको छ। उनले हाल आफू हेटौंडा आउँदै गरेको र बाटोमा रहेको बताएकी छिन्।

उनले ढिलो गर्नुको कारण मन्त्री पदको बार्गेनिङ गरिएको हुनसक्ने नेताहरुले बताएका छन्। उनी काठमाण्डौं १० (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .