बागमती


काठमाडौँमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
चैत १७, २०८० शनिबार ७:४७, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकामा पनि आज (शनिबार) बिहानैदेखि मौसम बदली भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यतिबेला उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा छ।आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाकिएको अवस्था हो। 

मौसमविद् पुडासैनीले आज दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको जानकारी दिए।

‘हिजो (शुक्रबार) भन्दा आज उपत्यकामा वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने, ‘हिजो उपत्यकामा वर्षाको सम्भावना १० प्रतिशत मात्र देखिएको थियो भने आज ४० प्रतिशत सम्भावना छ।’

उनले हिजो (शुक्रबार) दिउँसो पनि उपत्यकाका एक/दुई स्थानमा फाटफुट वर्षा भएको पाइएको बताए। 

‘हिजो दिउँसो हाम्रै स्टेसन (मौसम महाशाखा) रहेको एयरपोर्ट क्षेत्रमा पानी नपरे पनि नगरकोट, गोलढुंगातिर छिटपुट वर्षा भएको थियो’, मौसमविद् पुडासैनीले शनिबार बिहान नेपालखबरसँग भने, ‘सबै स्थानमा हाम्रो स्टेसन (वर्षा मापन यन्त्र) छैन, त्यही भएर कतिपय अवस्थामा पानी परे/नपरेको कुरा स्थानीयबाट पनि बुझ्नुपर्ने हुन्छ।’

उपत्यकाको मौसम आज दिनभर आंशिकदेखि साधारणतया बदलीकै अवस्थामा रहने अनुमान गरिएको उनको भनाइ छ। अर्थात् आज उपत्यकामा घाम लाग्ने सम्भावना कम छ। 

मौसम महाशाखाका अनुसार आज उपत्यकामा बिहान ५ बजेर ५६ मिनेट जाँदा सूर्य उदाएको थियो भने अब साँझ ६ बजे २१ मिनेटमा सूर्य अस्ताउनेछ। 

यो पनिभारतमा विकसित चक्रीय प्रणालीले देशभरको मौसम बदली, ४ प्रदेशमा वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .