बागमती


अग्नि सापकोटाको उपस्थितिमा माओवादी बागमती संसदीय दलको बैठक, भागबन्डाको छलफल

अग्नि सापकोटाको उपस्थितिमा माओवादी बागमती संसदीय दलको बैठक, भागबन्डाको छलफल

काठमाडौँमा जारी माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको बैठक।


नेपालखबर
चैत ७, २०८० बुधबार १४:५, हेटौँडा

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।

बैठक काठमाडौँमा सुरु भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए।

काठमाडौँमा जारी माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको बैठक।

समसामयिक राजनीति, प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागबन्डाको विषयमा बैठकमा छलफल हुने बताइएको छ।

माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको ढकालले जानकारी दिए। 

बैठकमा बागमती संसदीय दलको नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेलेल, प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, माओवादी बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढाकाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद सरल सहयात्रीलगायत प्रदेश सांसदको उपस्थिति छ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा पनि सरकार गठनको प्रयास भइरहेको छ।

केन्द्रमा सत्ताबाट कांग्रेस बाहिरिएसँगै बागमती प्रदेश सरकारबाट पनि उसले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराइसकेको छ। 

बागमती प्रदेश सभामा केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन्।

तर यी तीन दल मिलेर मात्रै सरकार गठनका लागि बहुमत नपुग्ने भएकाले अन्य दलको पनि समर्थन जुटाउने कसरत चलिरहेको छ। तर सत्ता गठबन्धनकै दलबीच पनि भागबन्डा मिलाउन बाँकी छ। हाल यहाँ मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्कट्टेल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .