समाज


दुर्गा प्रसाईका बडिगार्ड पक्राउबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

दुर्गा प्रसाईका बडिगार्ड पक्राउबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८० बुधबार १४:१४, काठमाडौँ

व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्ड पक्राउ प्रकरणमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको छ।

सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ।

ती बडिगार्डको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सारंगा सुवेदीको इजलासले सरकारसँग कारण माग गरेको हो। 

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७  वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

उता पक्राउ परेका अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका छन्। 

ती दुईजना सोमबार सर्वोच्च अदालत परिसरबाट जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए।

सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

दुर्गा प्रसाईंको मुद्दामा सुनुवाइ भइरहेका बेला उनका साथमा सहयोगीहरूको हुल नै थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .