बागमती


घरमै पालेको कुकुरले टोकेको ६२ दिनपछि ६ वर्षीया बालिकाको मृत्यु

घरमै पालेको कुकुरले टोकेको ६२ दिनपछि ६ वर्षीया बालिकाको मृत्यु

सुनिता विष्ट
फागुन ५, २०८० शनिबार १३:४, हेटौँडा

मकवानपुरमा रेबिज रोगबाट एक बालिकाको ज्यान गएको छ। कुकुरको टोकाइबाट जिल्लाको मकवानपुरगढी गाउँपालिका-४, कुसुमटारका जीवन महर्जनकी ६ वर्षकी छोरी मनुको मृत्यु भएको हो।

आफ्नै घरमा पालेको कुकुरले खेलिरहेका बेला मनुलाई गत मंसिर २५ गते टोकेको थियो।

तर रेबिजविरुद्धको सुई नलगाई राखिएकी बालिका बिरामी भएपछि परिवारले हेटौँडा अस्पताल, भरतपुर अस्पताल हुँदै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएको थियो।

उनमा चिकित्सकले रेबिजको लक्षण प्रमाणित गरेका थिए।

बालिकाको फागुन २ गते बिहान टेकु अस्पतालमा मृत्यु भएको मकवानपुरगढी स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले जानकारी दिए।

कुकुरले टोकेको लामो समयसम्म पनि उपचार नहुँदा बालिकाको मृत्यु भएको लामिछानेको भनाइ छ। 

उपचारका क्रममा कुकुरले टोकेको ६२ दिनपछि बालिकाको मृत्यु भएको हो। उनी हेटौँडा-५ स्थित जेनिथ इन्टरनेसनल स्कुलको कक्षा नर्सरीमा पढ्थिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .