बागमती


एमाले धादिङको नेतृत्व चयनका लागि मतदान जारी, परिणाम आजै आउने

एमाले धादिङको नेतृत्व चयनका लागि मतदान जारी, परिणाम आजै आउने

नेपालखबर
फागुन २, २०८० बुधबार १६:५३, हेटाैंडा

नेकपा एमाले धादिङको आगामी कार्यकालको नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।

धादिङको सदरमुकाम धादिङवेशीमा मतदान भइरहेको हो। दुईवटा प्यानल निर्वाचनमा होमिएका छन्।

अध्यक्ष पदका उम्मेदवार भूमि त्रिपाठी र रामकुमार अधिकारी नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएका हुन्। दुवैजना अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

विद्युतीय भोटिङ मेसिनबाट मतदान भैरहेको हो। मतदान प्रक्रिया सकिएपछि मतगणना गरिने बताइएको छ। जसका लागि १५ वटा मेसिन राखिएको छ।

मतपरिणाम आजै आउने निर्वाचन कमिटीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad