आज (बुधबार) बिहानैदेखि देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम बदली (आकाशमा बादल) भएको छ।
आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना एकदमै कम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीको भनाइ छ।
‘उपत्यकामा आज वर्षाको सम्भावना एकदमै कम देखिएको छ’, उनले भनिन्, ‘वर्षा भयो भने दिउँसोतिर छिटपुट होला कि?’
यसैबीच आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस देखिएको उनले बताइन्। अहिले बिहान ८:४५ बजेसम्म न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ।
मौसम बदली भएसँगै अधिकतम तापक्रम भने घट्ने सम्भावना देखिएको छ।
मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्रीसम्म रहने अनुमान छ।
मंगलबार उपत्यकाको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस थियो। दिउँसो आकाशमा बादल भयो र घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ भने रातिचाहिँ आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ। राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।
Shares

प्रतिक्रिया