ad ad

बागमती


२४ घण्टामा १.१ डिग्री सेल्सियस बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

२४ घण्टामा १.१ डिग्री सेल्सियस बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ २७, २०८० शनिबार ७:५, काठमाडौँ

२४ घण्टामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसभन्दा बढी बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले दिएको जानकारीअनुसार आज (शनिबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस देखिएको हो।

हिजो शुक्रबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो। बितेको २४ घण्टामा उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस बढेको हो। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ। शुक्रबार काठमाडौँ उपत्यकाको आधिकारिक न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् पुडासैनीले बताए। शुक्रबार (हिजो) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८.२ डिग्री सेल्सियस थियो। 

मौसमविद् पुडासैनीका अनुसार केही दिनयता अधिकतम तापक्रम क्रमिक रूपमा बिस्तारै बढिरहेको भए पनि न्यूनतम तापक्रममा खासै परिवर्तन आएको छैन। 

‘अहिले पनि बिहान–बिहान अलि चिसै छ’, उनले भने, ‘न्यूनतम तापक्रम नबढ्दा चिसो घट्दैन।’ 

मौसमविद् पुडासैनीका अनुसार राति आकाशमा बादल लागेन, मौसम सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ अथवा बढ्न पाउँदैन। अचेल राति आकाश सफा रहेकाले न्यूनतम तापक्रम खासै नबढेको उनको भनाइ छ। 

तर यसको ठीक उल्टो दिउँसो आकाशमा बादल लागेन, मौसम सफा भयो र दिनभर घाम लाग्यो भने अधिकतम तापक्रम बढ्छ। यसैले हिजोआज दिउँसो जाडो कम हुँदै गएको मौसमविद् पुडासैनीको भनाइ छ। 

उनका अनुसार आज पनि काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .