ad ad

समाज


काठमाडौँ आउँदै गरेको बस चितवनमा ट्रकसँग ठोक्कियो, २० जना घाइते

काठमाडौँ आउँदै गरेको बस चितवनमा ट्रकसँग ठोक्कियो, २० जना घाइते

दुर्घटनाग्रस्त बस र ट्रक


नेपालखबर
माघ २७, २०८० शनिबार ७:१२, काठमाडौँ

चितवनमा बस ट्रकसँग ठोक्किँदा २० जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।  

घाइते हुने सबै बसका यात्रु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। 

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार छन्। उनको खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .