काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्दै गएको छ।
एकपटक साढे ६ डिग्रीभन्दा माथि पुगिसकेको उपत्यकाको न्यूनतम तापक्रम आज ३.३ डिग्री सेल्सियसमा झरेको हो।
माघ २२ गते ६.७ डिग्री सेल्सियसमा उक्लिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो मंगलबार ३.५ डिग्री सेल्सियसमा झरेको थियो भने आज त्यसभन्दा पनि तल ३.३ डिग्री सेल्सियस भएको हो।
त्यसो त यो अघि बिहान ५:४५ बजे गरिएको मापन हो, आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले ८:४५ बजे मापन गरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
‘त्यतिबेला अहिलेकै तापक्रम यथावत् रहन पनि सक्छ अथवा थोरै घट्ने सम्भावना पनि हुन्छ’, उनले भने।
मौसमविद् अधिकारीका अनुसार राति आकास सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने राति आकास बादलले ढाक्यो भने न्यूनतम तापक्रम बढ्छ।
आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
उनका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा छ।
‘दिउँसो मौसम बदली भए पनि आजलाई उपत्यकामा पानी पर्ने सम्भावना देखिएको छैन’, मौसमविद् अधिकारीले भने।
देशभरका लागि- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हेर्नुहोस् शुक्रबारसम्मको मौसम पूर्वानुमान
Shares
प्रतिक्रिया