ad ad

बागमती


फेरि घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

फेरि घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ २३, २०८० मंगलबार ६:५७, काठमाडौँ

मौसम बदली र वर्षाका कारण एक/दुई दिनयता उक्लिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम फेरि ओरालो लाग्न थालेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री सेल्लियसमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला न्यूनतम तापक्रम अरू थोरै घट्न सक्छ। 

सोमबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो। 

‘राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम घट्छ’, मौसमविद् झाले भने, ‘राति आकाश सफा भयो भने बिहान न्यूनतम तापक्रम  घट्छ।’

उनका अनुसार हिजोअस्ति मौसम बदली र वर्षाका कारण आकाशमा बादल थियो, त्यसकारण न्यूनतम तापक्रम उकालो लागेको थियो भने गएराति छिटपुट बादल भए पनि करिब करिब आकाश सफा रहेकाले आज बिहान न्यूनतम तापक्रम घटेको हो। 

आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान रहेको मौसमविद् झाको भनाइ छ। हिजो सोमबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

यतिबेला (मंगलबार बिहान) काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागेको छ भने मुख्यतया मौसम सफा छ। 

‘हुस्सु २/३ घण्टापछि हटेर  जान्छ’, मौसमविद् झाले भने, ‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा हुन्छ, मीठो घाम लाग्छ।’

देशभरका लागिनेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .