ad ad

बागमती


काठमाडौँ उपत्यकाको आकाशमा गड्याङगुडुङ गराउने बादल बढ्दै

काठमाडौँ उपत्यकाको आकाशमा गड्याङगुडुङ गराउने बादल बढ्दै

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ १७, २०८० बुधबार ६:४८, काठमाडौँ

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा पनि बादल बढ्दै गएको छ। 

‘आज काठमाडौँ उपत्यकाको आकाशमा पनि मेघगर्जन, चट्याङ गराउने बादल विकास हुने त सम्भावना छ’, उनले भने, ‘तर पानी नै पर्ने सम्भावना निकै कम देखिएको छ, परिहाल्यो भने छिटपुट पर्ला कि?’

यसैबीच मंगलबारको तुलनामा बुधबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। मौसमविद् अधिकारीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको छ। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसभित्र रहने अनुमान रहेको मौसमविद् अधिकारीको भनाइ छ। 

देशभरका लागिनेपालमा पश्चिमी वायुको प्रभाव, वर्षा हाेला कि नहाेला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .