ad ad

बागमती


२.५ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम

२.५ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ १३, २०८० शनिबार ९:११, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम थप घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अघि बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो। 

यसअघि आजै बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस थियो। अहिले त्यसभन्दा पनि तल झरेको हो। 

मौसमविद् गंगा नगरकोटीका अनुसार यो तापक्रम उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम हो। 

यसअघि यो वर्षअन्तर्गत काठमाडौँ उपत्यकाको सबैभन्दा कम तापक्रम शुक्रबार ३ डिग्री सेल्सियस थियो। आज त्यसभन्दा पनि मुनि गएको हो।

केही दिनयता देशैभर चिसो बढेको मौसमविद्ले बताएका छन्। 

मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

हिजो शुक्रबार उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान रहेको मौसमविद् नगरकोटीले बताइन्। यसको अर्थ आकाशमा अलिअलि बादलसँगै घाम लाग्नेछ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .