ad ad

बागमती


राष्ट्रिय सभा निर्वाचन : उम्मेदवार सिफारिस गर्न केन्द्रको मुख ताक्दै एमाले बागमती

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवार सिफारिस गर्न केन्द्रको मुख ताक्दै एमाले बागमती

फाइल फोटो


नेपालखबर
पुस १९, २०८० बिहिबार १५:७, हेटाैंडा

आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले बागमती प्रदेशले उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छैन। बागमती प्रदेशको मामलामा केन्द्रले निर्णय लिने भन्दै उम्मेदवार सिफारिसमा आलटाल गरिरहेको हो।

एक त राष्ट्रिय सभा निर्वाचनमा क्लिन स्विप हुने त्रासमा रहेको एमाले सत्ता गठबन्धन दलहरुसँगको छलफलमा जुटिरहेको छ। केन्द्रले कस्तो निर्णय गर्छ सोही अनुसारको प्रतिक्षामा आफूहरु रहेको एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दार्जे तामाङले बताए।

यद्यपी, उम्मेदवारका आकांक्षीको नाम सिफारिसको जिम्मा भने प्रदेश कमिटीलाई नरहेको उनको भनाइ छ।

‘अहिले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको विषयमा छलफल सुरु भएको छैन। कसरी निर्वाचनमा होमिने भन्ने विषयमा पार्टीको केन्द्रीय तह छलफलमै छन्’ उनले नेपालखबरसँग भने, ‘पार्टीको केन्द्रीय सचिवालयले सिफारिस गर्ने हो। बागमती प्रदेश कमिटीमा यो विषयमा कुरा आएको छैन। त्यसैले हामीले माथितिर नै सोझ्याउँदा ठिक हुन्छ।’  

उपाध्यक्ष तामाङका अनुसार अन्य प्रदेशहरुले उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाए पनि बागमतीको मामलामा भने केन्द्रले नै उम्मेदवार निर्धारण गर्ने उनको भनाई छ।

बागमतीमा एमालेका दिलकुमारी रावल र रामचन्द्र राईको पदावधि सकिँदैछ। एकीकृत समाजवादीका बागमतीबाट सिंगबहादुर विश्वकर्माको पनि पदावधि सकिँदैछ। बागमती प्रदेशबाट निर्वाचित स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि पदावधि सकिँदै छ। बागमतीमा ४ पदका लागि निर्वाचन हुने छ।

यसअघि, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र लगाएतले आफ्ना दलका आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .