ad ad

कारोबार


बीमा कम्पनीले प्रिमियमबाट लाभांश बाँड्न नपाउने, जगेडा कोषमा राख्न निर्देशन

बीमा कम्पनीले प्रिमियमबाट लाभांश बाँड्न नपाउने, जगेडा कोषमा राख्न निर्देशन

नेपालखबर
पुस १९, २०८० बिहिबार १५:११, काठमाडौँ

प्रिमियममा प्राथमिक सेयर निष्काशन (आईपीओ) गरेका कम्पनीले प्रिमियमबापतको रकम सञ्चित कोषमा राख्नुपर्ने भएको छ। 

नियामक निकाय बीमा प्राधिकरणले प्रिमियममा सेयर निष्काशन गरेका कम्पनीलाई यस्तो निर्देशन दिएको हो।

पछिल्लो समय बीमा कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गरेको सम्बन्धमा विवाद भएपछि बीमा ऐनको व्यवस्थाअनुसार हाललाई प्रिमियमबापत संकलित रकम सञ्चित कोषमा राख्न निर्देशन दिइएको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए।

अहिलेसम्म पाँच वटा बीमा कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने गरेका छन्। 

यसअनुसार हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पनि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिसेयर अंकित १ सय रुपैयाँमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ६ रुपैयाँका दरले सेयर बिक्री गरेको हो। सन नेपाल लाइफले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो।

सिटिजन्स लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९० रुपैयाँ प्रिमियम थपी कुल २९० रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्काशन गरेको छ। आईएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गरेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो।

बीमा ऐनको व्यवस्थाअनुसार बीमा कम्पनीले चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत सेयर अंकित मूल्यमै सर्वसाधारणका लागि निष्काशन गर्नुपर्नेछ। तर बीमा प्राधिकरण र धितोपत्र बोर्डले केही कम्पनीलाई प्रिमियममै आईपीओ निष्काशन गर्न दिएका छन्। यहीकारण एकातिर यो विषयमा विवाद चर्किएको छ भने अर्कातिर अदालतमा मुद्दा परेको छ। यसकारण अदालतबाट फैसला नहुञ्जेल प्रिमियमबापत संकलित रकम सञ्चित कोषमै राख्न प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिएको हो।

प्रिमियमबाट लाभांश बाँड्न नपाउने 
बीमा कम्पनीहरुले आईपीओ निष्काशन गर्दा प्रिमियम बापत संकलन गरेको रकम लाभांशका रुपमा वितरण गर्न पाउने भएका छन्। प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गरेका कम्पनीले चुक्ता पूँजी पुर्याउने प्रयोजनका लागि लाभांश वितरण गर्न दिने स्वीकृति दिएको हो।

त्यस्तै केही बीमा बीमा कम्पनीहरुले हालसालै मात्रै प्राथमिक पब्लिक अफरिङ्ग आईपीओ निष्काशन गरी सञ्चालनम  रहेका छन्। हाल १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले ५ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी कायम गरिसकेका छन्। बाँकी ११ बीमा कम्पनीले भने तोकेको पुँजी पुर्याउन सकेका छैनन्। 

त्यस्तै गरी १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये चार कम्पनी आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी ९सलिको० ले पुँजी पुर्याए पनि १० कम्पनीको भने पूँजी पुग्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .