ad ad

बागमती


भीमफेदी कारागारलाई गाउँपालिकाले दियो २ राइस स्टिमर

भीमफेदी कारागारलाई गाउँपालिकाले दियो २ राइस स्टिमर

नेपालखबर
पुस १०, २०८० मंगलबार १०:२८, हेटौँडा

मनहरि गाउँपालिकाले भीमफेदी कारागारलाई राइस स्टिमर सहयोग गरेको छ।

गाउँपालिकाले सोमबार रु ३ लाख बराबरको २ वटा राइस स्टिमर ल्याइदिएको कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो।

गत असोज ५ गते गाउँपालिकाको कार्यपालिका बैठकले उक्त कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउने स्टिमर दिने निर्णय गरेको थियो।

मनहरि गाउँपालिकामा स्थायी/अस्थायी रुपमा बसोबास गर्ने सयौँ जना लागुऔषध ओसारपसारका कारण कारागार चलान भएका छन्।

गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणलाई सहयोग गर्नु स्थानीय सरकारको पनि दायित्व भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए।

हालसम्म हिटरबाट खाना पकाउने गरिएको कारागारका निमित्त प्रमुख लामाले जानकारी दिए।

उनले भने- हिटरको प्रयोगले मासिक ४ देखि ५ लाखसम्मको बिजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउँदा बिजुली खपतमा पनि सहयोग पुग्नेछ।

उनका अनुसार एउटा स्टिमरमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २ सय जनालाई खाना पकाउन सजिलो हुने भएको छ। दुईवटा स्टिमर मेसिनले ४ सय जनाका लागि खाना एकैपटकमा पकाउन सकिन्छ।

हाल भीमफेदी कारागारमा १ हजार ६९ जना कैदीबन्दी छन्। ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त  कारागारमा अन्य स्थानीय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .