काठमाडौँ उपत्यकामा आज (आइतबार) यस वर्ष अहिलेसम्मकै चिसो भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस भएको हो। यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम भएको मौसमविद् सञ्जीव अधिकारीले बताए।
यसअघि आजै बिहान ६:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएकामा अहिले अझ घटेर ६ डिग्री सेल्सियस मात्र भएको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम यही हुने मौसमविद् अधिकारीको भनाइ छ।
बिहान तुवाँलो लागेको काठमाडौँ उपत्यकामा अहिले भने घाम लागेको छ।
489
Shares
प्रतिक्रिया