ad ad

बागमती


मोटरसाइकल दुर्घटनामा घाइते चालकको पनि मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते चालकको पनि मृत्यु

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १७:५८, हेटाैँडा

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुलनजिक आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालक ३५ वर्षीय भीमबहादुर स्याङ्तानको पनि मृत्यु भएको छ।

उपचारको लागि हेटौंडाबाट चितवनतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि स्याङ्तानको शव हेटौंडा फर्काइएको थियो।
दुर्घटनामा मकवानपुर गढी २ कुर्ले पाखा बस्ने स्याङ्तानकी पत्नी ३४ वर्षीय रुपा स्याङ्तान र उनकी करिब पाँच महिनाकी छोरीको पनि घटनास्थलमै मृत्यु भएको थियो।

सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

मृतक तीनै जनाको शव हेटौंडा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .