ad ad

बागमती


दुई बुँदे सहमतिपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुचारु

दुई बुँदे सहमतिपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुचारु

नेपालखबर
मंसिर ११, २०८० सोमबार १४:४६, हेटौँडा

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका आन्दोलनरत प्राध्यापकहरूले पठनपाठन सुचारु गरेका छन्। आइतबार आन्दोलनरत प्राध्यापक र प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच २ बुँदे सहमति भएसँगै पठनपाठन सुरु भएको छ।

पेन डाउन गरेर आन्दोलनमा होमिएका प्राध्यापकहरू वार्तामा सहमति बनेसँगै काममा फर्किएका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र प्राध्यापकहरूबीच एक महिनाभित्र तलब भत्ता बापतको रकम उपलब्ध गराउने सहमति भएको छ भने आगामी दिनमा सहमति गरेरै अघि बढ्ने तथा अन्य विषयहरू क्रमशः सुधार गर्दै जाने प्रतिष्ठानको प्रतिविद्धतापछि आन्दोलनरत प्राध्यापकहरू काममा फर्किएका हुन्।

गत कार्तिक २२ गतेदेखि प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ता बापतको भुक्तानी नभएको भन्दै विरोधमा उत्रिएका थिए। विगत ४ महिनादेखि प्रतिष्ठानमा अध्यापन गराउँदै आएका विषयगत २४ जना प्राध्यापकहरूले पनि तलब, भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त गर्न नसकेको विरोधमा उत्रिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .