ad ad

बागमती


छोराको कुटपिटबाट आमाको मृत्यु


नेपालखबर
मंसिर ५, २०८० मंगलबार १८:२२, हेटाैँडा

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लिपुरमा घरायसी बिवादमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।

स्थानीय डिल बहादुर चेपाङकी कान्छी श्रीमती ५० बर्षिय सन्तमाया चेपाङलाई सौतेनी छोराले कुटपिट गर्दा उपचारका क्रममा मृत्यु भएको हो।

डिल बहादुरको जेठी श्रीमतीका छोरा २६ बर्षिय ईन्द्र बहादुर चेपाङले कुटपिट गरी गम्भीर घाइते भई उपचारको लागि चितवन सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

कुटपिटमा संलग्न व्यक्ति जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .